stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

निर्जना पलान्चोकेलाई मिसेस नेपाल लकडाउन ‘ट्यालेन्ट हन्ट’को उपाधि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिजन मिडिया द्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित “मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०” को विजेता घोषणा गरिएको छ ।

उक्त प्रतियोगीतामा भक्तपुरकी निर्जना पलान्चोके श्रेष्ठ प्रथम विजेता भएकी हुन उनले नेपाली गितमा नृत्य गरेकी थिइन भने पत्रकार लक्ष्मी खतिवडा दोश्रो र तृतिय स्थान अनिला वन्तले हात पार्न सफल भएकी हुन् ।

पत्रकार खतिवडा र वन्तले क्रमश नाटक र नृत्य विधामा सहभागी जनाएका थिए । उक्त कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद वाँनिया रहेका थिए ।

नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए उक्त प्रतियोगीतामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो बनाएर पठाएका थिए ।

भिडियो छनोट पछि सिजन मिडियाको अफिसियल फेसवुक मार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङकनको लागि लाइक सेयर को आधारमा २५ प्रतिशत नम्वर अनलाइन र एसएमएस भोटिङवाट ५० प्रतिसत नम्वर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिशत गरि विजेता छनोैट गरिएको हो ।

उक्त विजेताहरुलाई २०७७ सालको दशै पछि लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारी दिए ।

प्रतियोगिताका विजेताले “मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०” को ताज सहित फ्रिज, द्धितिय हुनेले टिभि र तृतिय हुनेले भ्याकुप क्लीनर प्राप्त गर्नेछन भने ५ जना प्रतियोगीलाई सान्वना पुरस्कार स्वरुप टेवल घडि प्रदान गरिने छ ।

prabhu mahalaxmi
kumari