stcnepal long ad
ime life insurance
global ime bank long

फ्रान्सका ९ सहरमा कोरोना संक्रमण बढ्दै गएपछि कर्फ्यु घोषणा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । फ्रान्सका ९ शहरमा कोराना भाइसको संक्रमण बढ्दै गएपछि  कर्फ्यु लगाउने निर्णय भएको छ । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले संक्रमण रोकथामका लागि राजधानी पेरिस सहित ९ वटा सहरमा कर्फ्यु लगाउने निर्णय गरिएको बताएका छन् ।

पर्सि शनिबारदेखि लागू हुनेगरी कर्फ्यु लगाउने निर्णय गरिएको उनले बताएका छन् । एक टेलिभिजन अन्तर्वार्तामा शनिबारदेखि कम्तीमा ४ हप्ताको लागि पेरिससहित ९ सहरमा राति कर्फ्यु लगाउने घोषणा गरेका हुन् । तर कर्फ्यु राति ९ बजेदेखि बिहान ६ बजेसम्म मात्र लागू हुने बीबीसीले जनाएको छ ।

दिउँसो भने विद्यालय पनि खुल्नेछन् भने एक सहरबाट अर्को सहरमा पनि जान सकिनेछ । फ्रान्समा अहिले स्वास्थ्य आपत्काल लागू छ । फ्रान्समा अहिलेसम्म ७ लाख ७९ हजारमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

prabhu mahalaxmi
kumari