एप्पलले सार्वजनिक गर्यो आइफोन–१२
एजेन्सी । अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन–१२ सार्वजनिक गरेको छ । एप्पलले आइफोन–१२ का चार मोडल गएराति भर्चुअल माध्यमवाट सार्वजनिक गरेको हो । उसले आइफोन–१२, आइफोन–१२ मिनी फाइफोन–१२ प्रो, आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो ।
एप्पलका नयाँ आइफोन ६४, १ सय २८ र २ सय ५६ जिबी स्टोरेज क्षमतामा छन । आइफोन–१२ का मोबाइलहरु फाइभ जि नेटवर्क युक्त छन् । एप्पलका प्रमुख टिम कुकले फाइभ जि नेटवर्क आइफोनका लागि यो नयाँ युगको सुरुवात भएको बताइका छन् ।
आइफोन–१२ सिरिजका फोनहरुको मूल्य एक लाख १२ हजारदेखि दुई लाख ८ हजार रुपैयाँसम्म रहेको छ । नयाँ फोनको अर्डर नोभेम्बर छ देखि सुरु हुने बताइएको छ । नोभेम्बर १३ वटा भने बिक्री शुरु हुने छ ।
कोरोना संक्रमणले विश्व अर्थतन्त्र प्रभावित भएपनि पछिल्लो एक वर्षदेखि आइफोनको बिक्री भने बढेको छ ।



























