citizens life insurance long ad
stcnepal long ad

बेलायतमा कोरोना संक्रमण बढेपछि फेरि लक डाउन चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

लन्डन । बेलायत सरकारले कोरोना भाइरस महामारीको प्रतिरोध गर्न फेरि कडा नियन्त्रणको उपाय ९बन्दाबन्दी० गर्न सकिने बताएको छ ।

हरेक हप्ता अस्पताल भर्ना दरमा दोब्बर वृद्धि भइरहेको अवस्थामा सरकारी अधिकारीहरुले उक्त सम्भावनालाई उल्लेख गरेका हुन् । स्वास्थ्यमन्त्री म्याट ह्यानककले बीबीसी टेलिभिजनलाई दिएको अन्तवार्तामा भने, “हामीले राष्ट्रियरूपमा बन्दाबन्दी (लक डाउन ) गर्ने अवस्था नआओस् भन्ने चाहन्छौँ । तर यदि आवश्यक परेमा उक्त विकल्पका लागि पनि हामी तयार रहनुपर्छ ।”

“हामी ज्यान बचाउने र जीविकोपार्जनका उपायलाई सहज पार्ने दुवै विकल्पका लागि तयार छौं,” उनले भने । शुक्रबारदेखि उत्तरपूर्वी इंगल्याण्ड राज्यका विभिन्न स्थानमा प्रतिबन्ध लगाएपछि थप स्थानीय कदम चाल्ने चेतावनी उनले दिएका हुन् ।

बेलायत महामारीको कारण युरोपमा सबैभन्दा बढी प्रभावित देश भएको छ । कोभिड–१९ बाट लगभग बेलायतमा ४२ हजार व्यक्तिको मृत्यु भइसकेको सरकारी तथ्यांक छ ।

पछिल्ला केही हप्तादेखि कोरोना संक्रमित संख्यामा उच्च वृद्धि देखिएको छ । ह्यान्ककले भने, “हामीले दुःखको साथ यो पनि देख्यौं कि कोरोना भाइरसका कारण अस्पताल भर्ना भएका व्यक्तिहरूको संख्या हरेक ८ दिनमा लगभग दोब्बर हुँदैछ, त्यसैले हामीले नियन्त्रणका उपाय अपनाउन आवश्यक छ ।”

पछिल्ला दिनहरुमा नर्दम्बरल्याण्ड, उत्तर र दक्षिण टाइनेसाइड, न्यूक्यासलको टाइन क्षेत्र, गेट्सहेड, र काउन्टी डरहममा सामाजिक दूरी कायमसहितका सुरक्षाका कडा विकल्पहरु लागू गरिएको छ ।  रासस–एएफपी

IME Life
kumari