stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

विदेशी मुद्रा भुक्तानी वालेटमार्फत

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक, युट्युब लगायतका माध्यमबाट आर्जन हुने विदेशी मुद्रा बैङ्किङ प्रणालीबाट ल्याउन अनलाइन वित्तीय सेवामार्फत पनि रकमान्तर गर्न सकिने नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

राष्ट्र बैङ्कले सामाजिक सञ्जाल, ई–कमर्स लगायतका कारोबारबापत बैङ्क खातामा आउने रकम अनलाइन वित्तीय सेवामार्फत रकमान्तर गर्न सकिने जनाएको हो ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बाहिरबाट केही काम गरेर यसरी बैङ्क खातामा ल्याइने रकम वालेटमार्फत पनि भुक्तानी गर्न सकिन्छ भन्ने कुरा बुझाउन सर्कुलर जारी गरिएको बताउनुभयो ।

स्वदेशी बैङ्कको खातामा विदेशी मुद्रा प्राप्त भएपछि भुक्तानी सेवा प्रदायक (बैङ्क तथा वित्तीय संस्थासमेत) ले सञ्चालन गरेको ग्राहकको वालेटलगायत भुक्तानीका उपकरणमा तोकिएको सीमासम्मको रकम स्वदेशी मुद्रामा रकमान्तर गर्न सकिने उहाँले बताउनुभयो ।

यस प्रयोजनका लागि विशेषतः सूचना प्रविधि सम्बद्ध दक्षता÷विज्ञताको निकासी बिक्रीबापत प्राप्त हुने रकम, सामाजिक सञ्जालमा सामग्री राखिएबापत प्राप्त हुने रकम तथा खुद्रास्तरको अन्तर्राष्ट्रिय व्यावसायिक–व्यापारिक कारोबारबापत प्राप्त हुने रकम लगायतका रकम मान्य हुने उहाँले बताउनुभयो ।

विदेशी मुद्रा आर्जन गर्ने क्रममा तोकिएबमोजिमको शुल्क, रोयल्टीलगायत आवश्यक परी सोको भुक्तानी विदेशमा पठाउनुपर्ने भएमा राष्ट्र बैङ्कको विदेशी विनिमय व्यवस्थापन विभागबाट जारी निर्देशनको पालना गर्नुपर्ने पनि सर्कुलरमा उल्लेख छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन एवं प्रचलित अन्य ऐन, कानुन तथा निर्देशनको अनिवार्य पालना भएको हुनुपर्ने प्रावधान राखिएका छन् ।

यसप्रकार सम्पन्न कारोबारको मासिक विवरण तोकिएको ढाँचामा महिना समाप्त भएको मितिले १५ दिनभित्र राष्ट्र बैङ्कको भुक्तानी प्रणाली विभागमा पेस गर्नुपर्ने सर्कुलरमा जनाइएको छ । आजको गोरखापत्र दैनिकबाट

prabhu mahalaxmi
kumari