stcnepal long ad
nabil bank
macchha(MBL)

कोरोनाले चार करोड ७० लाख महिलालाई अति गरिबी तर्फ धकेल्छः राष्ट्रसंघ

Nimb long ad
Prabhu Insurance Long Ad

संयुक्त राष्ट्रसंघ। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण आगामी बर्ष चार करोड सात लाख महिला अति गरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले बृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी०ले महिलाहरुको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ ।

सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाहरुको गरिबी बृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमानहरु गरिएको छ । राष्ट्रसंघीय निकायहरुले कोरोनाभाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो ।

सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरुले सन् २०३० सम्ममा मात्रै कारोनाभाइरसको सङ्क्रमण शुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् । पीटीआई/रासस

prabhu mahalaxmi
kumari