stcnepal long ad
ime life insurance
global ime bank long

भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनियाकै निरन्तरता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस अझै केही समय अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको छ । पार्टीमा पूर्णकालिन नेतृत्वको आवश्यकता रहेको आवाज उठेपछि बोलाइएको केन्द्रीय समितिको बैठकले नेतृत्वको बारेमा निर्णय गर्न नसकेकाले अझै झण्डै एक वर्षका लागि अन्तरिम अध्यक्षकै नेतृत्वमा रहने भएको बीबीसीले जनाएको छ ।

तत्कालिन अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएपछि कांग्रेस अहिले अन्तरिम अध्यक्ष सोनिया गान्धीको नेतृत्वमा चल्दै आएको छ । तर अन्तरिम अध्यक्ष गान्धीसहितका धेरै नेताहरुले नयाँ अध्यक्ष चयन गर्नुपर्नेमा जोड दिए पनि पार्टीले निर्णय गर्न नसकेको हो ।

हिजो बेलुकीसम्म चलेको केन्द्रीय समितिको बैठकमा नयाँ नेतृत्वका बारेमा छलफल भए पनि चयन गर्न नसकेकाले अर्को अध्यक्ष चयन नहुञ्जेलसम्मका लागि गान्धीले नै अन्तरिम अध्यक्षको रुपमा पार्टीको नेतृत्व गर्नुहुने भएको पार्टीका नेता के एच मुनियाप्पाले जानकारी दिएको खबरमा उल्लेख छ ।

कांग्रेसमा अझै पनि धेरै नेता तथा कार्यकर्ताहरुले राहुल गान्धीलाई नै अध्यक्ष बनाउनु पर्नेमा जोड दिएका छन् भने उनले अस्वीकार गर्दै आएका छन् ।

prabhu mahalaxmi
kumari