citizens life insurance long ad

चाडपर्व खर्च अनिवार्य उपलब्ध गराउन निर्देशन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ ।

विभागमा कतिपय रोजगारदाता प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले बिहीबार विज्ञप्तिमार्फत यस्तो निर्देशन दिएको हो ।

श्रम ऐनमा भएको व्यवस्था बमोजिम प्रचलित धर्म, संस्कृति तथा परम्परा अनुसार मनाइने चाडपर्वका लागि प्रत्येक श्रमिकले खाइपाई आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चका रूपमा पाउने कानुनी व्यवस्था रहेको छ ।

रोजगारदाता वा प्रतिष्ठानले उक्त सुविधा उपलब्ध नगराएमा सुविधा नपाउने श्रमिक वा श्रमिकले आफ्नो कार्यक्षेत्र पर्ने ‘श्रम तथा रोजगार कार्यालय’ वा ‘श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग’ मा उजुरी तथा निवेदन दिन सक्ने छन् । साथै उजुरी, गुनासो दिन विभागले उपलब्ध गराएको छ ।

IME Lifesidebar
kumari