stcnepal long ad
global ime bank long

बेरुतस्थित अमेरिकी दूतावास ‘अर्को सूचना नआएसम्मका लागि बन्द’

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

लेबनानको राजधानी बेरुतस्थित अमेरिकाको दूतावास अर्को सूचना नआएसम्मका लागि बन्द रहने भएको छ । दूतावासले भनेको छ, “अन्य सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरिएका छन् ।” दूतावास पुनः खुलेपछि अपडेट दिइने पनि जानकारी गराइएको छ ।

हालैका दिनमा बेरुत र दक्षिणी लेबनानका केही भागमा इजरायली आक्रमणहरू भएका छन् । इजरायलले लेबनानमा आधारित इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबाट भएका आक्रमणको जवाफमा यो कारबाही गरिएको बताएको छ ।

यो घोषणा ड्रोन आक्रमण भएपछि अमेरिकाले कुवेतस्थित आफ्नो दूतावास र साउदी अरबको रियादस्थित कूटनीतिक नियोग अर्को सूचना नआएसम्मका लागि बन्द गरेलगत्तै आएको हो । अमेरिकाले हिजो जोर्डनस्थित दूतावास नजिकै विष्फोटको आवाज सुनिएपछि त्यहाँबाट पनि कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारेको थियो । ओमानको मस्कटस्थित अमेरिकी दूतावासले ‘सेल्टर इन प्लेस’ आदेश जारी गरेको थियो, तर अहिले त्यसलाई आंशिक रूपमा हटाइएको छ ।

IME Lifesidebar
kumari