stcnepal long ad
ime life insurance
national life
global ime bank long

एघार महिनामा तीन सय एकानब्बे खर्ब तरलता प्रशोचन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा ३९१ खर्ब ७० करोड बराबरको तरलता प्रशोचन गरिएको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ३३ खर्ब २९ अर्ब, स्थायी निक्षेप सुविधामार्फत ३५५ खर्ब ८४ अर्ब २० करोड र नेपाल राष्ट्र बैङ्क ऋणपत्रमार्फत दुई सय अर्ब गरी कुल ३९१ खर्ब १३ अर्ब २० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।

यस्तै ओभरनाइट तरलता सुविधा मार्फत १२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद ३९१ खर्ब ७० करोड बराबरको तरलता प्रशोचन गरिएको राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणमार्फत पटक पटक गरी खुद २१३ खर्ब ४० अर्ब ६० करोड तरलता प्रशोचन गरिएको थियो ।

समीक्षा अवधिमा राष्ट्र बैङ्कले विदेशी विनिमय बजार (वाणिज्य बैङ्क) बाट अमेरिकी डलर सात अर्ब चार करोड खुद खरिद गरी १० खर्ब २६ अर्ब तीन करोड तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर पाँच अर्ब खुद खरिद गरी छ खर्ब ७३ अर्ब २५ करोड तरलता प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा अमेरिकी डलर चार अर्ब २८ करोड बिक्री गरी छ खर्ब २५ अर्ब ५० करोड बराबरको भारतीय रुपियाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर तीन अर्ब ४६ करोड बिक्री गरी चार खर्ब ७१ अर्ब ३९ करोड बराबरको भारतीय रुपियाँ खरिद भएको थियो ।

घट्यो अन्तरबैङ्क कारोबार

आव २०८२/८३ को ११ महिनामा वाणिज्य बैङ्कको आठ खर्ब ९३ अर्ब ४१ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैङ्कबिच बाहेक) को एक खर्ब ४६ अर्ब ३५ करोड गरी कुल १० खर्ब ३९ अर्ब ७६ करोडको अन्तरबैङ्क कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैङ्कको १५ खर्ब ३१ अर्ब २१ करोड र अन्य वित्तीय संस्थाको एक खर्ब ५० अर्ब ३३ करोड गरी कुल १६ खर्ब ८१ अर्ब ५४ करोडको अन्तरबैङ्क कारोबार भएको थियो ।

IME Lifesidebar
kumari