stcnepal long ad
ime life insurance
national life
global ime bank long

वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय छ स् इरान

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । इरान र अमेरिकाबीच लगातार जवाफमा हमलाहरू भइरहेको समय इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उनलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गरेका हुन् ।

बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताएका हुन् । उनले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार ९पुल र चिकित्सा केन्द्र० माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लङ्घनको संज्ञा दिए।

जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उनले भने, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन।”

क्ष्ःभ् (
तेहरान ‘प्रतिबद्धता’ अनुसार अघि बढेको उनले बताए । वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताए ।

हरमुज जलडमरूमध्यबारे उनले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहोर्‍याए ।

अमेरिकाले गत हप्ता इरानका दक्षिणी प्रान्तहरूमा पटक–पटक हमला गरेको थियो र यसलाई ‘व्यावसायिक जहाजहरूलाई इरानबाट हुने खतरा कम गर्ने” उद्देश्यले गरिएको बताएको थियो।

इरानले जवाफमा कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार र सुविधाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको गरेको छ ।

IME Lifesidebar
kumari