stcnepal long ad
global ime bank long

अमेरिकाले प्रतिबन्ध फुकुवा गरे परमाणु सम्झौताका लागि इरान तयार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

इरान अमेरिकी नाकाबन्दी फुकुवाको बदलामा अत्यधिक प्रवर्धित युरेनियमको भण्डारमा सम्झौता गर्न तयार रहेको इरानी उपविदेशमन्त्रीले आइतबार प्रकाशित बीबीसीसँगको अन्तर्वार्तामा बताएका छन् ।

इरान र अमेरिकाबीच आगामी फेब्रुअरी ६ मा ओमानमा भएको आणविक वार्ता पुनः सुरु भएपछि उपविदेशमन्त्री माजिद तख्त–रभाञ्चीको उक्त भनाइ आएको हो ।

स्विट्जरल्यान्डले अर्को हप्ता जेनेभामा नयाँ चरणको वार्ता हुने शनिबार घोषणा गरेको छ । इरानले नयाँ चरणको वार्ताको आधिकारिक पुष्टि गरेको छैन, तर विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा रहेको इरानको ओमानको प्रतिनिधिमण्डलमा रहेका तख्त–भान्चीले मङ्गलबार वार्ता हुने बताए ।

पश्चिमा देशहरूले इरानले आणविक हतियार प्राप्त गर्न खोजेको आरोप विशेषज्ञहरूले लगाउने गरेका छन् । संयुक्त राज्य अमेरिका र इरानको कट्टर शत्रु इजरायलको नेतृत्वमा केही समय पहिले इरानी आणविक भण्डारमा आक्रमण गरेका थिए ।

इरानले त्यस्ता सैन्य महत्वाकांक्षाहरू नराखेको तर नागरिक उद्देश्यका लागि यो प्रविधिमा आफ्नो अधिकारमा जोड दिने तेहरानको जिकिर रहने गरेको छ।

‘इरान अमेरिकासँग सम्झौता गर्न तयार छ, तर त्यसका लागि अमेरिकाले इरानको अर्थतन्त्रलाई धराशायी बनाइरहेको प्रतिबन्ध हटाउनुपर्छ,’ तख्त–रभान्चीले भने, ‘यदि हामीले उनीहरूको (अमेरिकी) पक्षको इमान्दारिता देख्यौँ भने म विश्वस्त छु कि हामी सम्झौताका लागि तयार हुनेछौँ ।’

बीबीसीले भनेको छ, ‘तेहरानले ४०० किलोभन्दा बढी उच्च संवर्धित युरेनियम भण्डार देशबाहिर पठाउन सहमत हुने सम्भावनाको बारेमा पनि उहाँलाई प्रश्न गरिएको थियो र सम्झौताको सम्भावनालाई उसले अस्वीकार गरेन।’

रुसलगायत धेरै देशहरूले भण्डारको जिम्मेवारी लिने प्रस्ताव गरेका छन्, जुन प्रस्ताव इरानले अहिलेसम्म अस्वीकार गर्दै आएको छ।

इरानको ४०० किलोभन्दा बढी ६० प्रतिशत संवर्द्धित युरेनियमको भण्डारको नियति धेरै अनिश्चितताले घेरेको छ, जुन गत जुन १० मा (इजरायल र अमेरिकाले इरानी आणविक स्थलहरूमा आक्रमण गर्नु अघि) आणविक निगरानी निरीक्षकहरूले अन्तिम पटक अनुगमनका क्रममा देखेका थिए।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानले युरेनियमलाई ६० प्रतिशतमा संवर्द्धन गरिरहेको छ, जुन सन् २०१५ को आणविक सम्झौताले अनुमति दिएको ३।६७ प्रतिशत र आणविक हतियार बनाउन आवश्यक ९० प्रतिशत आवश्यकताभन्दा बढी हो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा शून्य प्रशोधन गर्न बारम्बार आह्वान गर्दै आएका छन् । ’शून्य संवर्द्धनको मुद्दा अब कुनै मुद्दा होइन र जहाँसम्म इरानको कुरा छ, यो अब टेबलमा छैन,’ तख्त–रभान्चीले बीबीसीसँग भने ।

विदेश मन्त्रालयका अधिकारीलाई उद्धृत गर्दै फार्स न्यूज एजेन्सीले आइतबार लेखेको छ, ‘वार्तामा इरानको ऊर्जा क्षेत्रमा सम्भावित अमेरिकी लगानीका बारेमा पनि छलफल हुनेछ।’

IME Lifesidebar
kumari