stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिकामा बहुचर्चित एप्स्टिन प्रकरण फाइल खोल्ने बिधेयकमा राष्ट्रपति ट्रम्पद्वारा हस्ताक्षर

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकामा बहुचर्चित एप्स्टिन प्रकरण फेरि चर्चामा आएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार एउटा विधेयकमा हस्ताक्षर गरेपछि सो प्रकरण फेरी सतहमा आएको हो ।

विधेयकमा ट्रम्पले हस्ताक्षर गरेपछि न्याय विभागले जेफ्री एप्स्टिनसँग सम्बन्धित सबै फाइलहरू सार्वजनिक गर्नुपर्नेछ ।

यो विधेयकले न्याय विभागलाई ३० दिनभित्र एप्स्टिनमाथिको अनुसन्धानका सबै विवरणहरू खोज्न मिल्ने र डाउनलोड गर्न सकिने ढाँचामा सार्वजनिक गर्न बाध्य बनाउँछ ।

सुरुमा ट्रम्पले फाइल सार्वजनिक गर्ने प्रस्तावको विरोध गरेका थिए । तर एप्स्टिनका पीडितहरू र आफ्नै रिपब्लिकन पार्टीका नेताहरूको चर्को दबाबपछि उनले आफ्नो अडान परिवर्तन गर्नु भएको हो ।

ट्रम्पको समर्थनपछि यो विधेयक अमेरिकी संसदका दुवै सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स र सेनेटबाट भारी बहुमतले पारित भएको हो ।

अब न्याय विभागले एप्स्टिनसँग सम्बन्धित सबै असंवेदनशील फाइलहरू सार्वजनिक गर्नुपर्नेछ, जसमा शक्तिशाली व्यक्तिहरूको संलग्नता, पीडितका बयान र अनुसन्धानका गोप्य विवरणहरू हुन सक्ने अनुमान गरिएको छ।

फाइल खुलेपछि डेमोक्र्याटहरूको एप्स्टिन सम्बन्ध खुल्ने भनी टिप्पणी गर्नु भएको छ । एप्स्टिन प्रकरणको यो नयाँ मोडले अमेरिकी राजनीतिमा नयाँ तरंग ल्याउने संकेत देखिएको छ ।

जेफ्री एप्स्टिन एक धनी अमेरिकी वित्त व्यवसायी जसको पहिचान यौन अपराधीको रूपमा स्थापित भएको छ ।

उनी शक्तिशाली व्यक्तिहरूसँगको सम्बन्ध, गोप्य नेटवर्क, र नाबालिगहरूमाथि यौन शोषणको आरोपका कारण बदनाम भएका थिए । जसको सन् २०१९ मा कारागार मै भएको मृत्यु अहिले पनि शंकास्पद रहेको छ ।

prabhu mahalaxmi
kumari