stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल घरेलु तथा साना उद्योगका समस्या उद्योग मन्त्री समक्ष पेश

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल घरेलु तथा साना उद्योग महासंघको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हालाई भेटगरि घरेलु तथा साना उद्योगहरुको प्रवर्द्वन र विकासका सम्बन्धमा माग प्रस्तुत गरेको छ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बैंकको उच्च ब्याजदरका कारण लघु, घरेलु तथा साना उद्यमीहरु ऋण तिर्न असमर्थ रहेकाले ब्याजदर घटाउन आग्रह गरेका छन ।

उद्यमीले लिएको ऋणको पुनः तालिकीकरण तथा ऋण पुनः संरचनाको आवश्यकता औँल्याउँदै उनले यस्ता उद्योगको हकमा सहुलियतपूर्ण कर्जाको दायरा तीन करोड पुरयाउनुपर्ने र दुई–तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा सुविधा उपलब्ध गराउनुपर्नेतर्फ मन्त्री सिन्हाको ध्यानाकर्षण गराएका छन ।

मन्त्री सिन्हासँगको भेटमा महासंघको प्रतिनिधिमण्डलले स्वदेशी उत्पादनहरुलाई आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न कठिनाइ भएकाले आन्तरिक उत्पादनलाई प्राथमिकता दिने सरकारी नीतिको खाँचो औँल्याउँदै सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोगलाई बढावा दिनुपर्ने माग गरेको छ ।

निर्यात प्रवर्द्धनका लागि प्रोत्साहन तथा प्रक्रिया सरलीकरण आवश्यक भएको माग गर्दै महासंघले ठूला र साना उद्योगलाई एउटै बास्केटमा नराखी साना उद्योगलाई छुट्टै सेवा सुविधाको व्यवस्था गरिनुपर्ने माग गरेको छ।

महासंघ अन्तर्गत केन्द्रीय महिला उद्यमी समितिका वरिष्ठ उपाध्यक्ष रीता अवालले महिलाहरुले सञ्चालन गरिरहेका साना तथा घरेलु उद्योग अफ्ठ्यारोमा रहेको बताउदै यस्ता अप्ठ्यारोलाई फुकाउन सहुलियत दरको कर्जामार्फत सहजीकरण गरिदिन आग्रह गरेकी छिन ।

सो अवसरमा घरेलु र साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिबद्ध भएर लाग्ने मन्त्री सिन्हाले आश्वासन दिएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रतिनिधिमण्डलसँग भएको भेटघाटमा मन्त्री सिन्हाले देशकै आर्थिक पाटो मजबुत बनाउनका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च भएको बताएका छन ।

सरकारले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्राथमिकता दिने नीति अंगीकार गरेको जानकारी दिँदै उनले यस्तो प्रयोगले रोजगारी सिर्जना गर्ने, स्थानीय उद्योगलाई मजबुत बनाउने र आयात तीव्रतालाई घटाउने अपेक्षा गरिएको बताएका छन ।

मुलुकको पुनः निर्माण तथा मर्मत कामहरुमा स्थानीय स्रोत साधन र स्वदेशी सामग्रीको प्रयोग गर्नुपर्नेमा उनले जोड दिएका छन । मन्त्री सिन्हाले आगामी निर्वाचनका लागि आवश्यक पर्ने स्थानीय तहमा पाइने वस्तुलाई प्राथमिकतामा राख्न विशेष अनुरोध गरेको पनि बताएका छन ।

सार्वजनिक निकायहरूको खरिद प्रक्रियामा स्वदेशी उत्पादनलाई प्राथमिकता रहेको भन्दै मन्त्री सिन्हाले विशेष गरी फर्निचर र निर्माण सामग्रीहरूमा पुनः निर्माणमा स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लागू गरिने बताएका छन ।

सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय डा. रामप्रसाद घिमिरे र कृष्णबहादुर राउत, महासंघका उपाध्यक्ष सत्यनारायण प्रजापति लगायतको उपस्थिति रहेको थियो ।

 

IME Lifesidebar
kumari