stcnepal long ad

सार्वजनिक बिदा कटौती भए पनि सोमबार सेयर बजार बन्द

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले सोमबारको लागि घोषणा गरेको बिदा कटौती भए पनि नेपाल स्टक एक्सचेन्जले भने सोमबार सेयर बजार बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा कटौती गर्दै सबै प्रकारका कार्यालय खोल्न निर्देशन दिए पनि सोमबार सेयर बजार भने बन्द हुने भएको हो ।

नेप्सेले सामाजिक सञ्जाल फेसबुक मार्फत् एक सूचना जारी गर्दै सोमबार सेयर बजार बन्द हुने बताएको हो ।

गत शनिबार र आइतबारका भारि वर्षापछिको विपद्का कारण सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा घोषणा गरेको थियो ।

तर, आइतबारबाट नै काठमाडौं उपत्यका सहित पश्चिमी भागमा वर्षाका कारण असर नगरेको र वर्षात रोकिएका कारण विपदमा नपरेका जिल्लामा सबै सेवा सोमबारबाट सुचारु गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि सोही अनुसार जिल्ला प्रशासन कार्यालयले सेवा सुरु गर्ने सबै निकायलाई निर्देशन दिएको थियो ।

gold
kumari bank
kumari
nawakantipur long