दक्षिण कोरियाको जेलमा रहेका पूर्व राष्ट्रपति युनकी पत्नी पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

जेलमा रहनुभएका दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन सुक योलकी पत्नीलाई सेयर मूल्य हेरफेर र घूसलगायतका थुप्रै आरोपमा पक्राउ गरिएको छ ।

पूर्व प्रथम महिला किम क्योन हीले मंगलबार सिओलमा भएको चार घण्टे अदालत सुनुवाइमा सबै आरोप अस्वीकार गरेपनि प्रमाण नष्ट गर्ने सम्भावना रहेको भन्दै अदालतले उनलाई थुनामा राख्ने आदेश जारी गरेको छ ।

दक्षिण कोरियामा पूर्व राष्ट्रपतिहरूलाई अभियोग लगाएर कारागारमा पठाउने लामो इतिहास छ । तर, पहिलोपटक पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुवैजना जेलमा परेका छन् ।

युनलाई गत वर्षको ‘असफल मार्शल–ल प्रयास‘का कारण मुलुकमा उत्पन्न अराजकता र आफ्नो पदच्युत सम्बन्धी मुद्दामा यसै वर्षको गत जनवरीमा पक्राउ गरिएको हो ।

५२ वर्षीया किमले दक्षिण कोरियामा बीएमडब्ल्यू विक्रेता डोइच मोटर्सका सेयरसम्बन्धी मूल्य हेरफेर योजनामा सहभागी भई ८० करोड वोन (५७७,९४० अमेरिकी डलर) भन्दा बढी कमाएको अभियोग लगाइएको छ ।

अन्य आरोपहरूमा, किमलाई २०२२ को संसदीय उपनिर्वाचन र गत वर्षको आमनिर्वाचनमा उम्मेदवार मनोनयनमा हस्तक्षेप गरेको आरोप पनि लागेको छ । किम मंगलबारको सुनुवाइमा कालो कोट र कालो स्कर्ट लगाएर गम्भीर मुद्रामा उपस्थित भएकी थिइन् ।

IME Lifesidebar
kumari