stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

फ्रान्सका राष्ट्रपतिमाथि इजरायलको गम्भीर आरोप

Nimb long ad
Prabhu Insurance Long Ad

इजरायलको विदेश मन्त्रालयले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई ‘यहूदी राज्यविरुद्ध धर्मयुद्ध’ चलाएको आरोप लगाएको छ। राष्ट्रपति म्याक्रोँले भनेका थिए, ‘यदि इजरायलले गाजामा जारी मानवीय संकटलाई सम्बोधन गर्न थप कदम चालेन भने, हामीले हाम्रो सामूहिक अडानलाई बलियो बनाउनुपर्नेछ।’

यसको जवाफमा इजरायलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा लेखेको छ, ‘म्याक्रोँलाई तथ्यहरूमा रुचि छैन। मानवीय सहायतामा कुनै नाकाबन्दी छैन। यो सरासर झूट हो ।’

‘इजरायलले हाल दुई समानान्तर प्रयासहरूमार्फत गाजामा सहायता पुर्‍याउन सहयोग गरिरहेको छ,‘ इजरायली मन्त्रालयले संयुक्त राष्ट्र संघ र गाजा मानवीय कोष मार्फत आउने सहायतालाई उद्धृत गर्दै दाबी गर्‍यो।

यसअघि शुक्रबार, संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले इजरायललाई गाजामा थप सहायता पुग्नबाट रोकेको आरोप लगाएको थियो।

prabhu mahalaxmi
kumari