sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

बेलायत, क्यानडा र फ्रान्सलाई नेतन्याहुको कडा जवाफ

Nimb long ad
Prabhu Insurance Long Ad

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेलायत, फ्रान्स र क्यानडाले जारी गरेको संयुक्त विज्ञप्तिविरुद्ध कडा प्रतिक्रिया दिएका छन्। ती देशले इजरायललाई गाजामा तुरुन्तै आक्रमण बन्द गर्न माग गरेका छन्।

नेतन्याहुले भने, ‘बेलायत, क्यानडा र फ्रान्सका नेताहरूले हामी हाम्रो सुरक्षाका लागि लडिरहेको युद्ध रोक्न माग गरिरहेका छन्। यी देशहरूले प्यालेस्टिनी राष्ट्रको पनि माग गरिरहेका छन्।’

‘यी देशहरू इजरायलले आफ्नो सीमामा हमास आतंककारीहरूलाई सिध्याउनुअघि नै युद्ध रोकोस् भन्ने चाहन्छन्।’ तर हमासले सबै इजरायली बन्धक रिहा गरेपछि मात्र युद्ध अन्त्य हुने अडान नेतन्याहुले राखेका छन्।

उनले अगाडि भनेका छन्, ‘बाँकी बन्धक रिहा गरियो भने, हमासले हतियार बिर्सियो भने, यसका हिंसावादी नेताहरूले देश छाडे भने र गाजाबाट सबै सेना फिर्ता गरियो भने युद्ध भोलि नै समाप्त हुन सक्छ।’ नेतन्याहुले जारी युद्ध बर्बरताविरुद्ध सभ्यताको युद्ध भनेका छन्।

prabhu bank
nawakantipur long