stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

अमेरिकाले चीनसँग व्यापार वार्ता गर्ने प्रस्ताव

Nimb long ad
Prabhu Insurance Long Ad

अमेरिकाले चीनसँग व्यापार वार्ता सुरु गर्न चाहेको चिनियाँ सरकारी मिडियाले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको १४५ प्रतिशत करको बारेमा वार्ता गर्न अमेरिकाले चीनसँग सम्पर्क गरेको चिनियाँ सरकार  मिडियाले जनाएको छ ।  यसले  व्यापार  वार्ताका लागि चीनको  खुलापनलाई  सङ्केत गरेको छ ।

अमेरिकाले करको बारेमा छलफल गर्ने आशामा धेरै च्यानलहरूमार्फत चीनसँग सक्रिय रूपमा सम्पर्क गरेको खबरहरू बाहिरिएका छन् । चीनले अमेरिकी करहरूप्रति आफ्नो आक्रोश नियन्त्रण गर्न प्रयास गर्दै विश्वको दोस्रो ठुलो अर्थतन्त्रको उदयलाई रोक्न नसक्ने बताएको छ ।

यद्यपि अमेरिकी करको प्रतिकार गर्न चीनले आफ्नो प्रचार संयन्त्रको उपयोग गर्नुका साथै १२५ प्रतिशत करबाट छुट पाउने अमेरिकी उत्पादनहरूको सूची तयार पारेको खबर बाहिरिएको छ । यी सूचीमा औषधि, माइक्रोचिप र जेट इन्जिनहरू समावेश छन् । चीनले अमेरिकासँगको व्यापार युद्धको प्रभाव कम गर्न यस्तो कदम चाल्न लागेको बताइएको छ ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकाको नाम नलिइकन अन्तर्राष्ट्रिय वातावरणमा परिवर्तनहरू अनुकूलन गर्न कदम चाल्न अधिकारीहरूलाई आह्वान गरेको केही घण्टापछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनले चीनसँग सम्झौता गर्न सक्ने धेरै राम्रो मौका रहेको विश्वास व्यक्त गरेका थिए ।

prabhu mahalaxmi
kumari