sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

जेलेन्स्की अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न ‘तयार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की आफ्नो देशको दुर्लभ पृथ्वी खनिजमा संयुक्त राज्य अमेरिकालाई प्राथमिक पहुँच दिने सम्झौतामा हस्ताक्षर गर्न ‘तयार नभएको’ एक युक्रेनी स्रोतले बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले उहाँका पूर्ववर्ती जो बाइडेनले प्रदान गरेको दशौँ अर्ब डलर सहायताको क्षतिपूर्तिका रूपमा अमेरिकी कम्पनीहरूलाई पहुँच दिन चाहनुहुन्छ ।

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले शुक्रबार जेलेन्स्कीले चाँडै सम्झौतामा हस्ताक्षर गर्ने अनुमान गर्नुभयो तर प्रस्तावित सम्झौताको रूपरेखा सार्वजनिक गरिएको छैन ।

“हालको मस्यौदाको रूपमा राष्ट्रपति स्वीकार गर्न तयार हुनुहुन्न, हामी अझै परिवर्तन गर्न र रचनात्मकता थप्न कोशिश गरिरहेका छौँ”, विषयसँग सम्बन्धित एक युक्रेनी स्रोतले शनिबार भन्यो, “सम्झौतामा ग्यारेन्टी वा लगानी सम्बन्धी कुनै अमेरिकी दायित्व छैन, उनीहरूको बारेमा सबै कुरा धेरै अस्पष्ट छ र उनीहरू हामीबाट पाँच खर्ब डलर निकाल्न चाहन्छन्, यो कस्तो साझेदारी हो रु हामीले किन पाँच खर्ब अरब डलर दिनुपर्ने हो, त्यसको कुनै जवाफ छैन ।”

स्रोतले युक्रेनले संशोधनहरू प्रस्ताव गरेको बताएको छ । युक्रेनले आफ्नो प्राकृतिक स्रोत र महत्त्वपूर्ण खनिजहरू हस्तान्तरण गर्ने कुनै पनि सम्झौताको हिस्साका रूपमा संयुक्त राज्य अमेरिकाबाट सुरक्षा ग्यारेन्टी खोजिरहेको छ ।

सम्झौतामाथिको असहमति जेलेन्स्की र ट्रम्पबीचको वाक युद्धको बीचमा आएको छ । ट्रम्पले यस हप्ताको सुरुमा सामाजिक सञ्जालमा आफ्ना युक्रेनी समकक्षीलाई ‘तानाशाह’ भन्नुभएको थियो ।

gold
kumari bank
nawakantipur long