stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

कोरियामा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

सियोल। दक्षिण कोरियाको अर्थतन्त्र चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २० वर्षयताकै सबैभन्दा कम आर्थिक वृद्धि भएको केन्द्रीय बैङ्कले बिहीबार जनाएको छ । कोरोनाभाइरसका कारण निर्यात घटेसँगै अर्थतन्त्रमा ठूलो क्षति पुगेको हो ।

एसियाको चौथो ठूलो अर्थतन्त्र रहेको कोरियाको अर्थतन्त्र अप्रिल–जुन अवधिमा अघिल्लो वर्षको तुलनामा २।९ प्रतिशतले खुम्चिएको छ । यसअघि एसियाली आर्थिक सङ्कटको परिणामस्वरुप सन् १९९८ को चौथो त्रैमासिकमा करिब ३।८ प्रतिशतले कोरियाली अर्थतन्त्र खुम्चिएको थियो ।

साथै त्रैमासिक विवरण अनुसार यसै वर्ष पनि ३।३ प्रतिशतका दरले अर्थतन्त्र खुम्चिएको छ । यस्तो अवस्था पनि विगत २० वर्षयता पहिलो पटक देखा परेको हो ।

दक्षिण कोरियामा चीनको मुख्य भूभागपछि पहिलो पटक कोरोनाभाइरस देखा परेको थियो । तर कोरियाले बाध्यकारी लकडाउन कहिल्यै लगाएन, तर सामाजिक दूरी र मास्क लगाउने कार्यलाई बढावा दिनुका साथै स्वास्थ्य परीक्षणलाई व्यापक बनाएको थियो ।

कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरे पनि कोरियाली अर्थतन्त्रलाई विश्व परिदृश्यले असर पारेको देखिएको छ । कोरियाको अर्थतन्त्र मुख्य रुपमा व्यापार–निर्भर रहेको छ ।

दोस्रो त्रैमासिक अवधिमा कोरियाको निर्यात व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३।६ प्रतिशतले घटेको छ । बैङ्क अफ जापानका अनुसार कोरियाबाट मोटर र कोइला एवम् पेट्रोलियम उत्पादनहरूको निर्यात घटेकाले पनि अर्थतन्त्रमा असर परेको हो ।

गत मे महिनामा बैङ्कले गरेको प्रक्षेपणमा सन् २०२० मा कोरियाली अर्थतन्त्र ०।२ प्रतिशतले खस्कने उल्लेख थियो । अन्तर्राष्ट्रिय मुद्राकोषले गत महिना दक्षिण कोरियाको वृद्धि प्रक्षेपणलाई घटाउँदै यस वर्ष वृद्धिदर २.१ प्रतिशत रहने जनाएको थियो । विश्वका समुन्नत मुलुकको अर्थतन्त्र भने झण्डै ८ प्रतिशतले खुम्चने मुद्राकोषको अनुमान छ ।

prabhu mahalaxmi
kumari bank
kumari