citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

“श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने विश्वास”

kumari bank
Prabhu Insurance Long Ad
global bank

कोलोम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि १ दशमलव ३५ ट्रिलियन रुपैयाँ (लगभग ४ दशमलव ६ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताएका छन्, जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।

मङ्गलबार राति आयोजित आर्थिक शिखर सम्मेलन सन् २०२५ मा दिसानायकेले यस्तो बताए। उनले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने बताए।

“पूँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।” श्रीलङ्कामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उनले जानकारी दिए। यो समयलाई ६ महिनामा झार्ने उनले वाचा गरे।

gold
himalayan life insurance long ad