stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रोटोन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री र ’१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’, भित्रिदै नेपाल

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । जगदम्बा मोटर्सले नेपाली बजारमा मलेसियन प्रोटोन इमास ७ ईभी कार ल्याउने तयारी गरेको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटोनको ईभी इमास ७ कार अब नेपाली बजारमा आउने भएको हो ।

करिव  एक महिनाकै  अवधिमा मलेसियामा सो कार ३ हजार युनिट भन्दा बढी बुकिङ भइसकेको छ । अब नेपाली बजारमा समेत औपचारिक रुपमा प्रवेश गर्ने अन्तिम तयारीमा छ ।

प्रोटोन इमास ७ प्राइम र प्रिमियम गरि दुई भेरिएन्टमा उपलब्ध रहेका छन् । प्रोटोन इमास ७ मा एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ । एजिस सर्ट ब्लेड ब्याट्री एक प्रकारको लिथियम आइरन फस्फेट ब्याट्री हो, जसलाई गिली अटोमोबाइलद्वारा आविष्कार गरिएको हो ।

यस प्रकारका ब्याट्री छिटो चार्ज गर्न र परम्परागत ब्लेड ब्याट्रीहरूको तुलनामा उच्च प्रदर्शन गर्दछ । उच्च सुरक्षा र लामो आयु यस प्रकारक ब्याट्रीको अर्को विशेषता हो भने यो ब्याट्रीले अत्यधिक चिसोमा पनि आफ्नो उच्च क्षमता कायम राख्छ ।

प्रोटोन इमास ७ को प्राइममा ४९.५२ किलोवाट आवर ९केडब्लुएच० एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ भने प्रोटोन इमास ७ प्रिमियममा ६०.२२ किलोवाट आवर (केडब्लुएच) एजिस सर्ट ब्लेड ब्याट्री प्रयोग गरिएको छ ।

त्यस्तै प्रोटोन इमास ७ को अर्को विशेषता ’१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ हो । ’१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणाली’ ले विद्युतीय सवारी साधनको एकीकृत पावरट्रेनलाई जनाउँछ जसमा मोटर, पावर, इलेक्ट्रोनिक्स, नियन्त्रण एकाइहरूसहित कुलिङ सिस्टम जस्ता विभिन्न उप–प्रणालीहरूको लागि धेरै कम्पोनेन्टहरू प्रयोग गर्नुको सट्टा,तिनीहरूलाई एउटै कम्पोनेन्टमा ल्याइन्छ जसले समग्र जटिलतालाई उल्लेखनीय रूपमा कम गर्छ । साथै धेरै कम्पोनेन्टहरू बीच न्यूनतम ऊर्जा हानिलाई कम गर्दै यसको परफर्मेन्सलाई बढाउछ ।

१२–इन–१ इलेक्ट्रिक ड्राइभ प्रणालीका प्रमुख फिचर्समा विद्युतीय मोटर, पावर कन्भर्टर, ब्याट्री व्यवस्थापन प्रणाली, अनबोर्ड चार्जरसहित धेरै नियन्त्रण एकाइहरू यस प्रणालीमा एक एकाइमा एकीकृत गरिएको हुन्छ ।

शंकर ग्रुपको टु ह्विलर र फोर ह्विलरको नेपालका लागि आधिकारिक विक्रेता रहेको जगदम्बा मोटर्सले  मार्चको  तेस्रो सातासम्म सो  गाडी  नेपालमा  लन्च गर्ने  तयारी गरेको कम्पनी स्रोतको भनाइ छ ।

prabhu mahalaxmi
kumari