stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

टर्कीको होटलमा आगलागी हुँदा ७६ जनाको ज्यान गयो, ५० जना घाइते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

टर्कीको एउटा स्की होटलमा आगलागी हुँदा कम्तीमा ७६ जनाको ज्यान गएको छ । आगलागीमा अरु ५० जना घाइते भएका छन् ।

स्थानीय समयअनुसार बिहान साढे तीन बजे राजधानी अङ्काराबाट १७० किलोमिटर उत्तरपश्चिममा रहेको बोलु शहरमा १२ तले ग्राण्ड कार्टेल नामको  होटलमा  आगलागी भएको बीबीसीले जनाएको छ । आगलागीको समयमा २ सय ३४ जना होटलमा रहेका खबरमा उल्लेख छ ।

टर्कीका स्थानीय सञ्चारमाध्यमअनुसार दुई जनाको झ्यालबाट हाम फालेर ज्यान गएको छ । बोलुको पहाडी भूभाग स्कीइङका लागि लोकप्रिय रहेकाले यो समयमा विद्यालय बिदा परेकाले इस्तानबुल र अङ्काराबाट धेरै मानिसहरू बिदा मनाउन त्यहाँ गएका थिए ।

आगलागीको घटनाबारे अनुसन्धानका लागि भन्दै होटल मालिकसहित नौ जनालाई पक्राउ गरिएको त्यहाँका प्रहरी अधिकारीले बताएका छन् ।

prabhu mahalaxmi
kumari