stcnepal long ad
global ime bank long

इरानमा तालिबानको कार्यालय छैनः इरानी विदेश मन्त्रालय

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

तेहरान। इरानले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेको तालिबान सङ्गठनको कार्यालय इरानमा नरहेको स्पष्ट गरेको छ । इरानको विदेश मन्त्रालयले सो कुराको जानकारी गराएको हो ।

इरानी उपविदेशमन्त्री अब्बास अरागाचीले सो कुराको जानकारी दिएको बताइएको छ ।

उनले भनेका छन्– तालिबानले इरानको उत्तरपूर्वी नगर मसादमा एक परिषदको स्थापना गरेको हुन सक्छन् तर पनि त्यो परिषद इरान सरकारसँग कुनै पनि हिसाबले सम्बन्धित छैन ।

उनले यहाँको एक टेलिभिजनमार्फत सो कुराको जानकारी गराएका हुन् । उनले भने– यदि त्यो कार्यालय स्थापना गरेको भए पनि त्यो इरान सरकारसँग सम्बन्धित छैन ।

उनले गएका केही वर्षदेखि इरान तालिबानहरूको सम्पर्कमा भने रहेको बताए । उनले भने– हो, हामीहरू उनीहरूको सम्पर्कमै छौँ, उनीहरूका कुरा सुन्छौँ र हाम्रो प्रतिक्रिया पनि दिने गरेको छौँ ।

अमेरिकाले तालिबानसँग सम्पर्क र वार्ताको प्रक्रिया अघि बढाएको छ, तर हामीले भने अहिले तलिबानसँग सम्पर्क पनि गरेका छैनौँ– उनले सो टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा भनेका छन्।रासस र सिन्ह्वा

IME Lifesidebar
kumari