citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सिरियाको एलेप्पो सहरका धेरै क्षेत्र विद्रोही समूहको कब्जामा

kumari bank
Prabhu Insurance Long Ad
global bank

सिरियाको विद्रोही समूहले एलेप्पो सहरका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको छ। बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर) का अनुसार, विद्रोहीहरूले सहरको आधाभन्दा बढी भाग कब्जा गरेका छन्।

यो सिरियाली सरकारविरुद्ध विद्रोहीहरूको सबैभन्दा ठूलो आक्रमण हो। विद्रोहीहरूले सन् २०१६ पछि पहिलो पटक अलेप्पोमा प्रवेश गरेका हुन्।

सरकारी सुरक्षा बलहरूले विद्रोही समूह हयात तहरीर अल(शाम (एचटीएस) र अन्य सहयोगी समूहहरूको आक्रमण पछि अलेप्पो र इदलिब प्रान्तका धेरै सहरहरू आफ्नो नियन्त्रणमा लिएको बताएका छन्।

बीबीसीका अनुसार इस्लामवादी चरमपन्थी समूह हयात तहरीर अल–शाम (एचटीएस) सँग जोडिएको च्यानलमा पोस्ट गरिएको भिडियोमा विद्रोही लडाकुहरू सहरभित्र गाडीहरूमा देखाइएको छ। यो फुटेज अलेप्पोको पश्चिमी उपनगरको भएको बताएको छ।

सन् २०११ मा प्रजातन्त्र पक्षधर आन्दोलनलाई दमन गरेपछि सुरु भएको गृहयुद्धमा हालसम्म ५ लाखभन्दा बढी मानिस मारिएका छन्।

gold
himalayan life insurance long ad