stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इजरायलद्वारा लेबनानस्थित हिजबुल्लाहको मुख्य गढमा आक्रमण

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

बेरुत। इजरायलले लेबनानको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्रमा छापा मार्दै बिहीबार दक्षिण बेरुतस्थित हिजबुल्लाहको मुख्य गढमा हवाई आक्रमण गरेको छ।

हिजबुल्लाहले इजरायलको बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहारसहित इजरायलमाथि धेरै आक्रमण गरेको दाबी गरेपछि छापा मारेको हो।

स्वास्थ्य मन्त्रालयले बुधबार पूर्वी लेबनानको बेका उपत्यका र हिजबुल्लाहको प्रभुत्व रहेको घना जनसङ्ख्या भएको प्राचीन सहर बालबेकमा इजरायली आक्रमणले ४० जनाको ज्यान गएको जनाएको छ।

गत सेप्टेम्बरको अन्त्यदेखि हिजबुल्लाह र इजरायल कडा युद्धमा छन् भने इजरायलले गाजामा हमाससँग लड्दै उत्तरी सीमा सुरक्षित गर्न तल्लिन छ। बेरुत विमानस्थल नजिकै भएको आक्रमणले एउटा हिटर कारखानाको गोदामलाई ठुलो क्षति पुर्‍याएको एएफपीले जनाएको छ।

यातायातमन्त्री अलि हामेले विमानस्थलको परिसरसहित केही भवनहरूमा सामान्य क्षति भएता पनि विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको र विमानहरू उडान र अवतरणमा कुनै समस्या नभएको बताएका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले विजय नभएसम्म हमास र हिजबुल्लाहसँग लड्ने वाचा गरेका छन्। बुधवार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुरा गर्दै उनले इरानले द्वन्द्वमा थप खतरा उत्पन्न गरेको बताएका छन्।

प्रधानमन्त्री नेतान्याहुले ट्रम्पलाई चुनावी विजयका लागि बधाई दिँदै इजरायलको सुरक्षाका लागि मिलेर काम गर्न सहमत भएको नेतान्याहुको कार्यालयले जनाएको छ।

prabhu mahalaxmi
kumari bank
kumari