stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

चिनियाँ जहाजलाई इण्डोनेशियाले फिर्ता पठायो

Nimb long ad
Prabhu Insurance Long Ad

इण्डोनेशियाले दक्षिण चीन सागरको विवादित जलक्षेत्रबाट चिनियाँ तटरक्षक जहाजलाई फिर्ता पठाएको छ । दक्षिण चीन सागरको उत्तरी नतुना जलक्षेत्रबाट इण्डोनेशियाको तटरक्षक बलले चिनियाँ तटरक्षक बलको सीसीजी ५४०२ जहाजलाई फिर्ता पठाएको हो ।

यसअघि पनि विवादित जलक्षेत्रमा उक्त जहाजले प्रवेश गर्ने प्रयास गरेको थियो । इन्डोनेसियाको समुद्री सुरक्षा एजेन्सीले विज्ञप्ति जारी गर्दै आफ्नो मुलुकको मातहतमा रहेको जलक्षेत्रमा प्रवेश गरेपछि चिनियाँ जहाजलाई फिर्ता पठाइएको जानकारी दिएको छ ।

इण्डोनेशियाको राज्यसञ्चालित तेल कम्पनी पेट्रामिनाले उक्त जलक्षेत्रमा खोजी अभियान सञ्चालन गरेपछि चिनियाँ जहाजले हस्तक्षेपको प्रयास गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

चीनले दक्षिण चीन सागरको अधिकांश क्षेत्रमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ । यसबाट दक्षिण चीन सागरसँग सीमा जोडिएका प्रायः सबै मुलुकसँग चीनको कूटनीतिक विवाद रहँदै आएको छ ।

इण्डोनेशियाको समुद्री सुरक्षा एजेन्सीले अन्तर्राष्ट्रिय कानुनअनुसार आफ्नो सार्वभौमिकतामा रहेका जलक्षेत्रमा खनिज पदार्थको खोजी गर्न आफ्नो मुलुक सक्षम रहेको स्पष्ट पारेको छ ।

यस घटनालाई हालैमात्र सरकार सम्हालेका इण्डोनेशियाका राष्ट्रपति प्राबोवो सुबियान्ताको कार्यकालको पहिलो परीक्षाका रुपमा विश्लेषण गरिएको छ ।

prabhu mahalaxmi
kumari