citizens life insurance long ad
stcnepal long ad
national life

डब्ल्यूएचओद्वारा एमपक्सलाई विश्व जनस्वास्थ्य आपतकाल घोषणा

Prabhu Insurance Long Ad

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले अफ्रिकामा महाद्विपमा फैलिएको मन्कीपक्स (एमपक्स) लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

डब्ल्यूएचओले सो विषयमा बोलाएको विज्ञसहितको बैठकपछि तीब्रगतिमा फैलिरहेको एमपक्सलाई जनस्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

अधिकारीहरूले डेमोक्रेटिक रिपब्लिक अफ कांगो र छिमेकी देशहरूमा नयाँ छिटो फैलिने भेरियन्ट पत्ता लागेको समेत बताएका छन्।

व्यापकरुपमा फैलिँदै गएको एमपक्सलाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गर्ने कि नगर्ने निर्णय गर्न बुधबार विज्ञहरूको बैठक गरेको थियो ।

प्रकोप बढेसँगै अफ्रिकी सङ्घले आफ्नो क्षेत्रमा सार्वजनिक स्वास्थ्य आपतकालिन घोषणा गरेपछि १६ अन्तर्राष्ट्रिय विज्ञहरूको भेला गरेको थियो ।

एमपक्स प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा व्यापक फैलिएको छ, जहाँ पहिले मन्कीपक्स भनिने भाइरस पहिलो पटक सन् १९७० मा मानिसमा फेला परेको थियो । त्यहीबाट अन्य देशहरूमा फैलिएका छ ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले यस वर्ष कङ्गोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केसहरू र ५२४ जनाको मृत्यु भएको जनाएको छ ।

साथै, यो रोगले ज्वरो, मांसपेशी दुख्ने र ठूलो फोका जस्तै छालाको घाउ निम्त्याउँछ । यो रोग नियन्त्रणका लागि डब्ल्यूएचओ विशेषज्ञहरूले दुईवटा खोपहरू सिफारिस गरेका छन् ।

himalayan life insurance
igi long