stcnepal long ad
himalayan life insurance long ad

हमासद्वारा प्यालेस्टिनी प्रतिद्वन्द्वीसँग राष्ट्रिय एकताका लागि सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

हमासले मङ्गलबार बेइजिङमा फताहलगायत अन्य प्रतिद्वन्द्वी प्यालेस्टिनी सङ्ठनसँग “राष्ट्रिय एकता” का लागि मिलेर काम गर्ने सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेको छ ।

हमासका वरिष्ठ अधिकारी मुसा अबु मर्जुक, फताहका दूत महमुद अल–अलौल लगायत १२ प्यालीस्टीनी समुहको बेईजिङमा आयोजित भेटवार्तामा युद्धपछिको गाजालाई शासन गर्न “अन्तरिम राष्ट्रिय मेलमिलाप सरकार“ गठन गर्न सहमत भएको चिनियाँ विदेशमन्त्री वाङ्ग यीले बताए ।

अबु मर्जुकले वाङ्ग लगायतका अधिकारीहरूसँगको भेटमा राष्ट्रिय एकताको सम्झौतामा हस्ताक्षर गर्दै राष्ट्रिय एकताका लागि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

गाजापट्टीमा शासन गर्ने हमास र कब्जा गरिएको वेस्ट बैंकलाई आंशिक रूपमा शासन गर्ने फताह बीचको तीव्र प्रतिस्पर्धाका कारण अझ जटिल बनेको द्वन्द्वमा चीनले मध्यस्थताको भूमिका खेल्न खोजेको छ ।

इजरायलले हमासलाई नष्ट नगरेसम्म लडाइँ जारी राख्ने वाचा गरेको छ । बेइजिङमा मङ्गलबारको बैठकपछि, वाङले दुबै समूह “मेलमिलाप” गर्न प्रतिबद्ध रहेको बताए ।

युद्धपछि गाजाको शासनका लागि राष्ट्रिय मेलमिलाप सरकार गठन सम्झौताकोे प्रमुख आकर्षण रहेको वाङले उल्लेख गरे ।

मेलमिलाप प्यालेस्टिनीको आन्तरिक विषय भएपनि अन्तर्राष्ट्रिय समुदायको समर्थन बिना सम्झौता हुन नसक्ने र मध्यपूर्वमा शान्ति र स्थिरताको रक्षा गर्न रचनात्मक भूमिका खेल्न चीन इच्छुक रहेको वाङले बताए ।

बेइजिङले “स्थायी र दिगो युद्धविराम” सहित प्यालेस्टिनी स्वशासन प्रवर्द्धन गर्ने प्रयास तथा संयुक्त राष्ट्रमा प्यालेस्टिनको पूर्ण मान्यताका लागि आह्वान गरेको वाङले उल्लेख गरे ।

सन् २००६ को चुनावमा हमासको विजयपछि भएको घातक झडपपछि हमासका लडाकुहरूले गाजापट्टीबाट फताहलाई निष्कासन दुई समुहबीच सम्बन्ध बिग्रिएको हो ।

फताहले प्यालेस्टिनी प्राधिकरणलाई नियन्त्रण गरी इजरायली कब्जाको वेस्ट बैंक्मा आंशिक प्रशासनिक नियन्त्रण गर्दै आएको छ ।