बाइडेनले उमेद्वारी फिर्ता लिए, उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले उमेद्वारी फिर्ता लिएका छन् । बाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवार नबन्ने निर्णय गरेका हुन् । उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उमेद्वारमा बाइडेनले समर्थन गर्ने भएका छन् ।
सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै बाइडेनले आफु निर्वाचनको दौडबाट पछि हटेको जनाएका हुन् ।
अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।
जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति बाइडेनबिच बहस भएको थियो जसमा बाइडेनको प्रदर्शन ’निराशाजनक’ भएको भन्दै उनलाई उमेद्वारी फिर्ता लिन दबाब बढेको थियो । बाइडेनले देशवासीलाई सम्वोधन गर्दै आफ्नो औपचारिक घोषणा गर्ने जनाएका छन् ।