citizens life insurance long ad
stcnepal long ad

माइक्रोसफ्टको सर्भरमा आएको समस्या समाधान उन्मुख, सेवाहरू विस्तारै सञ्चालन हुँदै

Nimb long ad
Prabhu Insurance Long Ad

सफ्टवेयर कम्पनी माइक्रोसफ्ट सर्भरमा आएको समस्या समाधान उन्मुख छ । सेवाहरू विस्तारै सञ्चालन हुँदैछन् ।

विश्वव्यापी सूचना प्रविधिमा आएको खराबीलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीले जनाएका छन् । कतिपय डिभाइसमा समस्या समाधान भइसकेको छ ।

केहिमा समाधान हुन बाँकी छ ।विभिन्न देशमा रद्द भएका हजारौँ उडान गए रातिदेखि सामान्य अवस्थामा फर्किन थालेका छन् ।

खराबी लगतै क्राउडस्ट्राइकका सीईओ जर्ज कुट्र्जले विश्वव्यापीरुपमा देखिएको अवरोधका लागि माफी मागेका छन् । साथै समस्याको पहिचान भइसकेको हुँदा सबै प्रणाली चुस्त दुरुस्त हुन अझै केही समय लाग्ने जानकारी दिएका बीबीसीले जनाएको छ ।

क्राउडस्ट्राइक एक साइबर सुरक्षा प्रविधि कम्पनी हो । साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले सफ्टवेयर अपडेट गरेपछि हिजो दिनभर विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न भएको थियो । यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवाहरू समेत प्रभावित भएका थिए ।

क्राउडस्ट्राइक कम्पनीका अधिकांश ग्राहक माइक्रोसफ्टको सर्भर प्रयोगकर्ता छन् । कम्पनीले वितरण गर्ने मुख्य उत्पादनमध्येको एक फाल्कन हो । यो एउटा एन्टिभाइरस हो, जसले कम्प्युटरमा हुनसक्ने सम्भावित साइबर आक्रमणबाट जोगाउँछ ।

कम्पनीले कुनै परीक्षण नै नगरी फाल्कनको नयाँ अपडेट विश्वभर उपलब्ध गराउँदा समस्या आएको आइटी क्षेत्रका विज्ञले बताएका छन् ।

माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित छ । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको शुक्रबार र आज शनिबार काठमाडौं उडान छैन ।

अन्य वायुसेवा कम्पनीमा भने माइक्रोसफ्टको सफ्टवेयर प्रयोग नभएका कारण काठमाडौं उडानमा कुनै प्रभाव नपरेको निरौलाले जानकारी दिए ।

नेपालको छिमेकी भारतमा भने धेरै उडान आज रद्ध भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावाद विमानस्थलमा मात्र ३० उडान रद्ध भएका छन् । जसमा स्पाइस जेट र आकाशा एयरसहितका कम्पनीका उडान छन् ।

भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् ।  सर्भर डाउन हुँदा सबैभन्दा धेरै असर अमेरिका, अस्ट्रेलिया सहितका देशमा परेको छन् ।

IME Life
kumari