sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

हरियो भटमासमा पाइन्छन् यस्ता पोषक तत्व

Nimb long ad
Prabhu Insurance Long Ad

हरियो भटमासमा प्रोटिन, क्याल्सियम, पोटाशियम, आइरन र भिटामिन बी जस्ता पोषक तत्वहरु भरपूर मात्रामा पाइन्छन् । यसमा पाइने एन्टीअक्सीडेन्ट्सले शरीरलाई स्वस्थ राख्न एकदमै राम्रो भूमिका खेल्छ ।

हरियो भटमास खाँदा शरीरलाई धेरै प्रकारका फाइदाहरु हुन्छन् । आउनुहोस् हरियो भटमासका फाइदाका बारेमा जानौं ।

भटमासमा पाइने प्रोटिनले ग्लूकोजलाई नियन्त्रित गर्न सहयोग गर्छ । जसले गर्दा सुगर नियन्त्रणमा रहन्छ । यसको यस्तो गुण मधुमेहका विरामीहरुका लागि फाइदाजनक हुन्छ ।

हरियो भटमास खाएर मुटु सुन्निने वा रक्तसञ्चार जस्तो समस्यालाई पनि निको बनाउन सकिन्छ । भटमासमा पाइने एन्टीअक्सीडेन्ट्सले मुटुलाई स्वस्थ राख्ने गर्छ ।

हरियो भटमासमा फाइबर र प्रोटिन राम्रो मात्रामा पाइन्छ । जो तौल कम गर्नका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन एकदमै राम्रो मात्रामा पाइन्छ ।

घुँडा दुख्ने, मांसपेशीहरु तथा कम्मरको दुखाईमा पनि यसको सेवन लाभदायक हुन्छ । यसमा हुने क्याल्सियम र मिनरल्सले हड्डीलाई स्वस्थ राख्ने काम गर्छ ।

यसको सेवन गर्भवती महिलाले पनि गर्न सक्छन् । यसको नियमित सेवनले गर्भमा हुर्किरहेको बच्चाको राम्रो विकासलाई जोड दिन्छ ।

कोलेस्ट्रोललाई नियन्त्रणमा ल्याउनका लागि पनि हरियो भटमासको सेवन राम्रो मानिन्छ । यसको नियमित सेवनले कोलेस्ट्रोलको मात्रा कम हुन्छ र साथमा शरीरको विकासमा पनि जोड दिन्छ ।

मस्तिष्क विकासका लागि पनि हरियो भटमासको सेवन लाभकारी हुन्छ । यसमा हुने फस्फोरस दिमागका लागि फाइदाजनक मानिन्छ । यसले स्मरण शक्ति पनि बलियो बनाउँछ ।

gold
prabhu bank
nawakantipur long