citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पाकिस्तानी विमान कम्पनीमा ईयूको प्रतिबन्ध कायम रहने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

कराँची । युरोपेली संघ (ईयू) ले पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) लगायत पाकिस्तानी हवाई कम्पनीहरुमा प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ ।

हालैको बैठकपछि, ईयूले संघभित्र सञ्चालन हुने प्रतिबन्धित विमान कम्पनीहरुको विद्यमान सूची संशोधन गर्न कुनै बाध्यकारी कारण फेला नपारेकोले अझै पाकिस्तानी विमान कम्पनीमाथिको प्रतिबन्ध कायम राखिएको जनाएको छ ।

यो फैसला पाकिस्तान नागरिक उड्डयन प्राधिकरण (पीसीएए) को स्थल मूल्यांकन र पाकिस्तानी विमान कम्पनी फ्लाई जिन्ना र एयरब्लू लिमिटेडको नमूना मूल्याङ्न प्रस्तुत गर्दै ईयू एयर सेफ्टी कमिटीले गरेको विस्तृत मूल्यांकनपछि आएको हो ।

सन् २०२३ नोभेम्बर २७–३० को बिचमा आयोजित स्थलगत मूल्यांकनको सुरक्षा सुनिश्चित गर्न पिसिएएको निरीक्षण भूमिका र जिम्मेवारीहरुको जाँच गरिएको थियो ।

ईयूको हवाई सुरक्षा समितिले पाकिस्तानको सुरक्षा अवस्थाको निरन्तर निगरानीको आवश्यकतालाई जोड दिएको छ ।

हाल, ईयूले पाकिस्तानी हवाई वाहकमा प्रतिबन्ध कायम राखेको छ, साथै सदस्य राष्ट्रहरुलाई अनुपालन प्रमाणित गर्न निरीक्षण गर्न आग्रह गरेको छ ।

आयोगले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डहरु कायम राख्ने सर्वोच्च महत्त्वलाई जोड दिँदै आसन्न सुरक्षा जोखिमहरुको कुनै पनि संकेतले थप कारबाही गर्न सक्ने चेतावनी दिएको एआरवाई न्यूजले जनाएको छ ।

himalayan life insurance
igi long