evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

पुटिनले पाँचौं पटक राष्ट्रपतिको शपथ लिदैं

Prabhu Insurance Long Ad
global bank

रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक शपथ लिने भएका छन् । उनको शपथ ग्रहण समारोह नेपाली समय अनुसार दिउँसो २ः४५ बजे राजधानी मस्कोको ग्रान्ड क्रेमलिन प्यालेसमा सुरू हुनेछ ।

यो समारोह करिब एक घण्टा सम्म चल्छ। रूसमा मार्च १५–१७ मा भएको निर्वाचनमा पुटिनले ८८ प्रतिशत मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी निकोले खारिटोनोभले मात्र ४ प्रतिशत मत पाएका थिए ।

ग्रान्ड क्रेमलिन दरबार त्यही ठाउँ हो जहाँ रूसको जारवादी परिवारका तीन राजाहरू (अलेक्जेन्डर द्वितीय, अलेक्ज्याण्डर तृतिय र निकोलस द्वितीय) को राज्याभिषेक गरिएको थियो।

पुटिनले सन् २००० मा पहिलो पटक राष्ट्रपतिको शपथ लिएका थिए । त्यसयता उनी सन् २००४, २०१२ र २०१८ मा पनि राष्ट्रपति भइसकेका छन् ।

शपथ ग्रहण समारोहमा रूसको संघीय परिषद्का सदस्यहरू (सिनेटका सांसदहरू), राज्य डुमाका सदस्यहरू (तल्लो सदनका सांसदहरू), उच्च अदालतका न्यायाधीशहरू, विभिन्न देशका राजदूतहरू र कूटनीतिक निकायहरू सहभागी हुनेछन् ।

 

igi long
himalayan life insurance long ad