stcnepal long ad
ime life insurance
national life
global ime bank long

चीन र अमेरिकाका विदेशमन्त्रीबीच बेइजिङमा भेटवार्ता

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

चीनका विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता भएको छ। चिनिया सञ्चारमाध्यमका अनुसार भेटका क्रममा दुवै पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय ‘महत्त्व’का विषयमा सञ्चारलाई मजबुत बनाउन तत्परता व्यक्त गरेका छन्।

चिनिया विदेशमन्त्रीवाङले हाल चीन–अमेरिका सम्बन्ध स्थिर रहेको बताए। ‘सम्बन्धहरू सामान्यतया स्थिर छ, थप बिग्रिनबाट जोगिएका छन्’, उनले भने, ‘तर नकारात्मक कारक अझै बढ्दै छन् र जम्मा भइरहेका छन्।’

वाङले चीनको दृष्टिकोण, अडान र आवश्यकता सँधै एकसमान रहेको बताए। ‘चीन–अमेरिका सम्बन्धलाई मानवताका लागि साझा भविष्यसहितको समुदाय निर्माण गर्ने विश्वव्यापी दृष्टिकोण, पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवैको हित र सहयोगका सिद्धान्तहरूको पालना गर्ने र एक अर्काको मुख्य हितहरूको लागि सम्मान प्रस्ताव चीनले गर्छ।’

 

prabhu mahalaxmi
kumari