citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

टर्कीको केन्द्रीय बैंकले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाए

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । टर्कीको केन्द्रीय बैंक(सीबीआरटी) ले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको छ । बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो ।

देशको मुद्रास्फितिसँग जुध्न यो आवश्यक रहेको मोनिटरी पोलिसी कमिटीले निष्कर्ष निकालेको सीएनबीसीले उल्लेख गरेको छ । ५० प्रतिशत नै सन्दर्भ ब्याजदर लागू गर्दै कमिटीले आगामी महिनामा हुने मूल्यवृद्धिले ब्याजदर तय हुँदै जाने स्पष्ट पारेको छ ।

‘फेब्रुअरी महिनामा मासिक मुद्रास्फिति अपेक्षितभन्दा बढी हुन गयो, जसमा सेवा मुद्रास्फीति उच्च छ’ कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको विषय उदृत गर्दै सीएनबीसीले लेखेको छ ‘भूराजनीतिक जोखिम र सेवा तथा खाद्य मूल्यमा देखिएको वृद्धिले समग्र मुद्रास्फीतिमा दबाब दिएको छ ।’

टर्कीको वार्षिक उपभोक्ता मुद्रास्फीति दर ६७ प्रतिशत छ । कमिटीले मुद्रास्फीति बढ्न नदिनका लागि आवश्यक परेमा ब्याजदर थप बढाउने स्पष्ट पारेको छ ।

‘मुद्रास्फीतिको दरमा कमी नआएसम्म कडा मौद्रिक व्यवस्थालाई कायम राखिनेछ’ कमिटीले भनेको छ ‘आगामी महिनाका ब्याजदर पनि मुद्रास्फितिकै दरमा अन्तरनिहीत हुनेछ ।’ छोटो अवधिमा टर्कीमा ब्याजदर निकै उच्च दरले बढेको छ । ठीक एक वर्षअघि टर्कीको सन्दर्भ ब्याजदर साढे ८ प्रतिशत थियो ।

टर्कीका राष्ट्रपति रेसेप तयीप एर्दोगनले केन्द्रीय बैंकमा गभर्नरका रुपमा फतिह करहानलाई नियुक्त गरेका छन् । नयाँ गभर्नरले मुद्रास्फीति दरलाई सन्तुलनामा ल्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय बढ्दो मुद्रास्फीतिले टर्कीको मुद्रा लिरा कमजोर बन्दै गएको छ । एक वर्षकै अवधिमा डलरको तुलनामा लिरा ४० प्रतिशतले कमजोर बनेको छ ।

पछिल्लो ५ वर्षमा डलरको तुलनामा लिराको भाउ ८२ प्रतिशतले घटिसकेको छ । यदि मुद्रास्फिति नियन्त्रणमा नआउने हो भने लिराको भाउ अझै घट्न सक्ने विश्लेषण भइरहेका छन् ।

 

gold
himalayan life insurance long ad
kumari bank