sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

दक्षिण कोरियाले युक्रेनलाई सस्तो ब्याजमा ऋण दिने

Nimb long ad
Prabhu Insurance Long Ad

दक्षिण कोरियाले युक्रेनलाई आउँदो पाँच वर्षभित्र सस्तो ब्याजमा दुई अर्ब डलर ऋण दिने सम्झौता गरेको छ । यो रकम युक्रेनको विकास र पुनर्निर्माणमा खर्च गरिने दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरियाले यसै वर्षभित्र युक्रेनलाई झण्डै १० करोड डलर बराबरको सहायता पनि पठाउने बताएको बीबीसीले जनाएको छ ।

फेब्रुअरी २०२२ मा रुसले आक्रमण गरेपछि विनाशकारी युद्धमा फसेको युक्रेनलाई दक्षिण कोरियाले समर्थन गरिरहेको छ ।

दुई वर्षदेखि चलेको युद्धले युक्रेनमा ठूलो क्षति पुर्‍याएको खबरमा उल्लेख छ । युक्रेनका धेरै महत्वपूर्ण शहर रुसको नियन्त्रणमा रहेका छन् ।

रुसी आक्रमणका कारण युक्रेनको ऊर्जा पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ । युक्रेनमा चलिरहेको युद्धलाई आफ्नो विशेष सैन्य अपरेशन भनेको रुसले पनि ठूलो सङ्ख्यामा सैन्य जनशक्ति गुमाएको खबरमा उल्लेख छ ।

बीबीसीको रिपोर्टअनुसार युद्धमा अहिलेसम्म ५० हजारभन्दा धेरै रुसी सैनिक मारिएका छन् । यद्यपि, वास्तविक सङ्ख्या योभन्दा धेरै हुन सक्ने खबरमा उल्लेख छ ।

prabhu bank
nawakantipur long