sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

बंगलादेशको आर्थिक वृद्धि ६.१ प्रतिशत हुने एडीबीको प्रक्षेपण

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

ढाका । एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रतिवेदनअनुसार निर्यातका आधारमा बंलादेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२४ (जुलाई २०२३ देखि जुन २०२४ सम्म) ६.१ प्रतिशतले बढ्ने अपेक्षा गरिएको छ ।

मनिलास्थित बैंकले बिहीबार जारी गरेको एसियाली विकास आउटलुक (एडीओ) अपडेटमा व्यापक आर्थिक प्रतिकूलताहरू भए पनि बलियो निर्यात र संरचनात्मक सुधारप्रति सरकारको समर्पणका कारण चालू र आगामी वर्षहरूमा जीडीपीको विस्तारले क्रमशः गति लिने अपेक्षा गरिएको उल्लेख

उन्नत अर्थतन्त्रमा मौद्रिक कडाइ, बाहिरी मागमा कमी र मुद्रास्फीतिमा उछालका कारण आर्थिक वर्ष २०२३ मा मुलुकको आर्थिक वृद्धि सुस्त भएर ५.८ प्रतिशत भएको प्रतिवेदनमा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा जीडीपी वृद्धि ६.६ प्रतिशतसम्म बढ्न सक्ने प्रतिवेदनमा बताइएको छ ।यद्यपि प्रतिवेदनमा उच्च मुद्रास्फीति दरमा कमी आउने अनुमान गरिएको छ ।

मुद्रास्फीति आर्थिक वर्ष २०२४ मा औसत आठ दशमलव चार प्रतिशत र आर्थिक वर्ष २०२५ मा सात प्रतिशत हुनेछ ।

गत वर्ष अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले आर्थिक वर्ष २०२३/२४ का लागि बंगलादेशको अर्थतन्त्रको विकासको अनुमानलाई घटाएर ६ प्रतिशत गरेपछि एडीबीको अनुमान आएको हो ।

आईएमएफले यसअघि उक्त आर्थिक वर्षका लागि ६.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

विश्व बैंकले यसअघि निरन्तर उच्च मुद्रास्फीति र बाहिरी भुक्तानी चुनौतीका बीच आर्थिक वर्ष २०२३–/४ का लागि बंगलादेशको आर्थिक विकासको अनुमानलाई घटाएर पाँच दशमलव छ प्रतिशतमा झारेको थियो ।

gold
kumari bank
nawakantipur long