stcnepal long ad
ime life insurance
national life
global ime bank long

रुसमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ पुग्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

रुसको मस्कोमा सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ३३ जना पुगेको छ ।

यस्तै एक सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए ।

सांगीतिक कार्यक्रम शुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट जथाभावी गोली चलाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्ययमले जनाएका छन् ।

आक्रमणमा प्रत्यक्ष संलग्न चार जना सबै र अरु सात जना गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको रुसको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ ।

कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

अफगानिस्तान र इरानमा सक्रिय यही समूहले काबुलमा रहेको रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटना बर्बरतापूर्ण आतंकबादी कार्य रहेको बताउनुभएको छ ।

उहाँले आक्रमणमा मारिएकाको स्मृतिमा आज राष्ट्रिय शोक दिवस घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ सहित विश्वभरका देशहरुले घटनाको निन्दा गरेका छन् ।

IME Lifesidebar
kumari