citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मस्कोस्थित एक कन्सर्ट स्थलमा आक्रमणः ४० जनाको मृत्यु, सय बढी घाइते

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

मस्कोको बाहिरी भागमा रहेको कन्सर्ट स्थलमा बन्दुकधारीले आक्रमण गर्दा कम्तीमा ४० जनाको मृत्यु भएको रुसी गुप्तचर निकायले जनाएको छ ।

मस्कोस्थित क्रोकस सिटी हलमा भइरहेको कन्सर्टमा बन्दुकधारीले बिस्फोट र जथाभावी बन्दुक प्रहार गर्दा सय भन्दा बढी घाइते भएका छन् ।

इस्लामिक स्टेट समूहले आक्रमण आफूले गराएको दाबी गरेको छ । तर यस बारेमा रुसले कुनै टिप्पणी गरेको छैन । सो हलको कम्प्लेक्सको छतमा ठूलो आगो लागेको छ र रूसको राष्ट्रिय गार्डले बन्दुकधारीहरूको खोजी गरिरहेको बताइएको छ ।

अमेरिकाको ह्वाइट हाउसले स्थितिको बारेमा थप जानकारी लिन काम गरिरहेको र युक्रेनले आक्रमणमा कुनै पनि संलग्नता अस्वीकार गरेको बताएको छ ।

himalayan life insurance
igi long