evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

दक्षिण कोरियाको बेरोजगारी दर १३.३ प्रतिशत घट्यो

Prabhu Insurance Long Ad
global bank

सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरुमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अंकमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरुको संख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३.३ प्रतिशतले घटेको छ ।

जनवरीमा एक अंकको वृद्धि भएपनि वेरोजगारी दरको दावी फेब्रुअरीमा पुनः तल झरेको थियो । गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरुमा आवेदकहरु घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ ।

लाभ प्राप्त कर्ताहरुको संख्या एक वर्ष अघिको तुलनामा १.१ प्रतिशतले बढी अर्थात् फेबु्रअरीमा ६ लाख २५ हजार ५०० थियो ।

गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ । फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८।५ प्रतिशतले बढेर ९६१.९ अर्ब वोन (७३१.४ मिलियन अमेरिकी डलर) पुगेको छ ।

himalayan life insurance
igi long