stcnepal long ad
ime life insurance
national life
global ime bank long

भारतले माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

भारतले माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ ।

माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोक्नुभएको छ ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउने गरेको छ । तर गएको नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय गर्नुभएको हो ।

अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने सहमति भएको छ ।माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिने भएकोले भारतले माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । दुई देशबीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्ला केही महिनायता सम्बन्ध बिग्रिएको हो ।

यही हप्ता माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । यसले पाँच लाख भन्दा केही बढी मात्रै जनसङ्ख्या भएको माल्दिभ्समा एसियाली शक्तिराष्ट्रहरूको प्रतिस्पर्धामा फस्ने जोखिम बढेको विश्लेषकहरुले बताएको बीबीसीले जनाएको छ ।

चीनले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको दाबी गर्दै आएको छ । अत्यावश्यक खाद्यवस्तु,औषधि र निर्माण सामग्री आयातका लागि माल्दिभ्स भारतमा निर्भर छ ।

माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट नै जाने गरेका थिए । तर दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै भारतीय पर्यटकको सङ्ख्या घटेको छ ।

पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्षको पहिलो दुई महिनामा माल्दिभ्स भ्रमण गरेका झण्डै चार लाख पर्यटकमध्ये १३ प्रतिशत चिनियाँ रहेका छन् । भारत भने पाँचौँ स्थानमा झरेको छ ।

IME Lifesidebar
kumari