stcnepal long ad
ime life insurance
national life
global ime bank long

बंगलादेशको ढाकास्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

बंगलादेशको ढाकास्थित एउटा  बहुतले भवनमा  आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । उपचारका लागि अस्पतालहरुमा पठाइएकोमा उनीहरुलाई मृत घोषणा गरिएको बंगलादेशका स्वास्थ्य मन्त्रीले बताएका छन् ।

सहरको मुख्य बर्न अस्पतालमा कम्तीमा पनि १० जनाको मृत्यु भएको छ भने ढाका मेडिकल कलेज अस्पतालमा महिला र बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ ।

दर्जनौं व्यक्तिहरुको अहिले विभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । बिहीबार स्थानीय समय अनुसार करिब १० बजे एक रेस्टुरेन्टमा आगलागी भएको थियो । पछि भवनभरी नै आगो फैलिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो भवनमा अन्य धेरै रेस्टुरेन्ट, कपडा र मोबाइल फोन पसलहरू पनि रहेका छन् । आगलागी नियन्त्रणमा लिएर घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरुले बताएका छन् ।

IME Lifesidebar
kumari