citizens life insurance long ad
stcnepal long ad

इमरान खान दम्पत्तिलाई ७ वर्षको जेल सजाय

Nimb long ad
Prabhu Insurance Long Ad

इस्लामबाद । पाकिस्तानको एक अदालतले जेलमा परेका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बिबीलाई जेल सजाय सुनाएको छ । गैर इस्लामिक विवाह गरेको मुद्दामा अदालतले दुवैलाई सात वर्षको जेल सजाय सुनाएको हो ।

इमरान खानकी पहिलो श्रीमती खावर मनेकाले दुई विवाहबीच अनिवार्य ब्रेक वा इद्दत पालना गर्ने इस्लामिक प्रचलनको उल्लंघन गरेको आरोप लगाउँदै यस सम्बन्धमा मुद्दा दायर गरेका थिइन । इमरानकी पूर्व पत्नी मनेकाले पनि उनीमाथि विवाहअघि एक्स्ट्रा वैवाहिक सम्बन्ध रहेको आरोप लगाएकी थिइन् ।

ट्रायल कोर्टले रावलपिंडीको अदियाला जेलमा १४ घण्टाको सुनुवाइपछि शुक्रबार राती सुनुवाइ पूरा गर्‍यो, जहाँ इमरान खान सेप्टेम्बर २०२३ देखि धेरै मुद्दाका कारण बन्दी अवस्थामा रहेका छन्।

पाकिस्तानी समाचार संस्थाका अनुसार शुक्रवार अदालतले थप साक्षीहरू पेश गर्न बचाव पक्षको अनुरोधलाई अस्वीकार गरेको थियो ।

यसबाहेक बेलको याचिका पनि अदालतले खारेज गरेको थियो । गत बिहीवारको सुनुवाईका क्रममा अदालतमा इमरान खान र मनेकाबीच चर्को बहस भएको थियो र उनीहरूले एक(अर्काविरुद्ध आरोप लगाएका थिए ।

कुनै समयमा उनी आफ्नो वयान प्रमाणित गर्न पवित्र कुरानमा शपथ लिन तयार थिए तर न्यायाधीशले उनलाई यसो गर्दा उनले वहस गर्ने अधिकार गुमाउने बताएपछि उनी रोकिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

मनेकाले अदालतमा इमरान खानले आफ्नो पारिवारिक जीवन बर्बाद पारेको भन्दै छोरीले पनि सम्बन्ध विच्छेदको सामना गर्नुपरेको बताएकी छन् । यस विषयमा बुशरा बीबीले भनिन्( ‘मलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ, म झुक्दिनँ ।’

IME Life
kumari