sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना, चार जनाको जिवितै उद्धार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

मस्को जाँदै गरेको एयर एम्बुलेन्स अफगानिस्तानमा दुर्घटना भएको पत्ता लागेको छ । विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको बीबीसीले जनाएको छ ।

दुर्घटनामा चार जना बाँच्न सफल भएको र दुईजनाको बारेमा जानकारी सङ्कलन भइरहेको समाचारमा जनाइएको छ ।

मोरक्कन–रेजिष्टर्ड डसल्ट फाल्कन विमान एयर एम्बुलेन्सको रूपमा सञ्चालन भइरहेको थियो र थाइल्याण्डबाट मस्को जाँदै थियो ।

जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ ।अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो । गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४ः०२ बजे विमान उडेको थियो ।

gold
kumari bank
nawakantipur long