citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

लामो समयसम्म मोबाइल र कम्प्युटरमा भिडियो गेम खेल्नेहरुको श्रवणशक्ति गुम्ने समस्या

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लामो समय मोबाइल, ल्यापटप वा कम्प्युटरमा भिडियो गेम खेल्नेहरूको श्रवणशक्ति गुम्ने तथा उनीहरूमा ‘टिनिटस’ अर्थात् लगातार घण्टी बजेजस्तो सुनिने समस्या हुने गरेको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र अमेरिकाको दक्षिण केरोलिना विश्वविद्यालयका विशेषज्ञहरूले ५० हजार जनाभन्दा धेरैमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो ।

उत्तर अमेरिका, युरोप, दक्षिण एसिया, एसिया, दक्षिण पूर्व एसिया र अस्ट्रेलियाका गरी १४ जना विशेषज्ञले ५३ हजार ८ सय ३३ जनामा गरेको अध्ययन ओपन एक्सेस जर्नल बीएमजे पब्लिक हेल्थमा प्रकाशित गरिएको छ ।

सहभागीमध्ये २० देखि ६८ प्रतिशतले भिडियो गेमका कारण कानमा लगातार घण्टी बजेजस्तो सुनिने र झन्झनाहट हुने गरेको बताएका थिए । हेडफोन, इअरबर्ड, एअरफोन लगाएर गेम खेल्दा, गीत सुन्दा आउने तीव्र गतिको ध्वनिका कारण श्रवणशक्ति गुम्ने सम्भावना बढेको अध्ययनमा उल्लेख छ ।

एक अध्ययनले अमेरिकाका १ करोडभन्दा बढी मानिसले श्रवणशक्तिमा असर गर्ने खालको तीव्र गतिको आवाज सुन्ने गरेको पुष्टि गरेको थियो ।

अमेरिकासँगै विश्वभर हेडफोन, इअरबर्ड, एअरफोन प्रयोगकर्ता तथा भिडियो गेम खेल्नेहरूको सङ्ख्या बढिरहँदा जोखिम बढेको अध्ययनको निष्कर्ष छ ।

विशेषगरी स्कुले बालबालिका, किशोरकिशोरी, भिडियो गेम खेल्नेहरूमा श्रवण समस्या बढी देखिएकाले भिडियो गेम लगायतबाट आउने उच्च गतिको आवाजको जोखिमबारे सचेत गराउनुपर्ने विज्ञहरुको सुझाव छ ।

डब्ल्यूएचओको निर्देशनअनुसार वयस्कहरूले हप्ताको ४ घण्टाका लागि ८५ डेसिबल्स र हप्ताको १ घण्टा १५ मिनेटका लागि ९० डेसिबल्स सुन्न सक्छन् । फोर शुटिङ गेममा हेडफोनको औसत आवाज ८८ दशमलव ५ डेसिबल्सदेखि ९१ दशमलव २ डेसिबल्ससम्म हुने गरेको अध्ययन क्रममा पत्ता लागेको छ ।

यस्तै, भिडियो गेम खेल्दा आवाज कम गर्न, १ घण्टामा कम्तीमा ५ मिनेट कानलाई आराम दिन सुझाव दिइएको छ ।

himalayan life insurance
igi long