evrest bank
stcnepal long ad
national life
global bank
nabil bank

ब्याजदर २२ र मुद्रास्फीति २९ प्रतिशत रहेको पाकिस्तानको सेयर बजार ३ महिनामा ३९ प्रतिशतले बढ्यो

Prabhu Insurance Long Ad
global bank

पाकिस्तानमा  राजनीतिक तथा आर्थिक कठिनाइहरुको बाबजुद पनि त्यहाँको सेयर बजार बढेको छ । गत सेप्टेम्बरमा ४५ हजार विन्दुमा रहेको पाकिस्तान स्टक एक्सचेन्जको महत्वपूर्ण सूचक ‘केएसइ १००’ अहिले बढेर ६२ हजार ५०० विन्दु भन्दा माथि पुगेको छ । यो ३९ प्रतिशतको वृद्धि हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले जुलाईमा ऋण डिफल्ट रोक्नको लागि ३ अर्ब डलर सहायता प्रदान गर्ने स्वीकृत गरेको थियो । सोही समयदेखि बजारले गति लिएको छ । पछिल्लो ५ महिनामा ‘केएसइ १००’ सूचक ५७ प्रतिशतले बढेको ट्रेडिङ इकोनोमिक्सले जनाएको छ ।

गत जुलाईमा इन्डेक्स ४० हजार विन्दुमा थियो । हाल पाकिस्तानको मुद्रास्फीति २९ प्रतिशत पुगेको छ । गत अक्टोबरमा २६।९ प्रतिशत थियो ।

गत मे महिनामा मुद्रस्फीति दर ३७ प्रतिशतसम्म पुगेको थियो । ब्याजदर पनि २२ प्रतिशतसम्म पुगेको छ । कम्पनीहरुको बलियो नाफा आर्जन गर्ने र लाभांश पनि सोही अनुसार भुक्तानी गर्ने लगानीकर्ताको विश्वासले गर्दा बजार बढेको जानकाहरुको भनाई छ ।

igi long
himalayan life insurance long ad