macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

इजरायल र हमासबीचको युद्धविराम दुई दिन थपियो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो ।

सो अवधिमा हमासले थप २० जना महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । चार दिने युद्धविराम सकिनु अघि सोमबार हमासले थप ११ जना इजरायलीलाई रिहा गरेको थियो । रिहा गरिएकामा तीन वर्षीया जुम्ल्याहा सहित महिला र बालबालिका रहेका छन् ।

त्यसको बदलामा इजरायलले ३३ प्यालेष्टेनी बन्दी रिहा गरेको छ । इजरायल र हमासबीचको सम्झौता अनुसार हमासले ५० जना बन्धक रिहा गर्ने जनाए पनि ५० भन्दा बढी बन्धक रिहा गरिसकेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीका अनुसार युद्धविरामका बीच गाजामा खाद्यान्न, औषधि र इन्धनहरु आपूर्ति गरिएको छ ।

himalayan life insurance
igi long
NTA long ad