citizens life insurance long ad
stcnepal long ad

बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेश सचिवमा नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

बेलायतमा तेस्रो वर्ष अगाडि नै प्रधानमन्त्री भएका डेभिड क्यामरुन विदेश सचिव भएका छन् । सन् २०१० देखि सन् २०१६ सम्म बेलायती कन्सरभेटिब पार्टीका नेताको रूपमा उनी प्रधानमन्त्री भएका थिए । आज फेरबदल भएको नयाँ क्याबिनेटमा उनी विदेश सचिव भएका हुन् । यो विदेशमन्त्रीको बेलायती नाम हो ।

बेलायती प्रधानमन्त्री ऋषि सुनाकले क्यामरुनलाई विदेश सचिव नियुक्ति गरेका छन् । बेलायती तथा युरोपेली मिडियाहरुले क्यामरुनले विदेश सचिवको रूपमा काम गर्दा इजरायल हमास र अरब विश्वको समस्या अन्त्य गर्न पहल कदमी लिन सक्ने बताएका छन् । रोचक कुरा सन् २०१० मा ऋषि सुनाक कन्सरभेटिब पार्टी प्रवेश गर्दा क्यामरुन सोही पार्टीका प्रधानमन्त्री थिए ।

सुनाकको पहिलो संसदीय यात्रा सन् २०१५ मा रिचमण्ड योर्कबाट सुरु हुँदा पनि क्यामरुन प्रधानमन्त्री नै थिए । आफू प्रधानमन्त्री हुँदा राजनीतिक करिअर सुरु गरेको नेताकै नियुक्तिमा उनको कनिष्ट अनुहार भएर बस्न क्यामरुनले सदासयता देखाएका छन् ।

IME Life
kumari